Logo
Logo

ओलीलाई पाण्डेको जवाफ : पार्टीभित्रको आलोचना सरकारविरुद्ध भए जनवादकै अवसान’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षका २७ सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

मंगलबार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तीन दिने अल्टिमेटमसहित केन्द्रका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका थिए । बिहीबार उनीहरुमध्ये केहीले संसदीय दलको कार्यालय त केहीले इमेलमार्फत जवाफ बुझाएका हुन् ।

अध्यक्ष ओलीले बरिष्ठ माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने २ दिनको समय र अन्यलाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए । ओलीले चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने चेतावनी दिएका थिए ।

नेता सुरेन्द्र पाण्डेले बिहीबार नै स्पष्टीकरणको जवाफ पठाएका छन् । जवाफमा उनले केपी ओलीले अध्यक्षका हैसियतले चालेका कदमहरू पार्टीको विधानविपरीत भएको बताएका छन् । उनले पार्टीमा आफूहरुले गरेको आलोचना र विरोधलाई सरकारविरुद्ध काम गरेको भन्ने हो भने लोकतन्त्रकै मृत्यु हुने र पार्टीको माक्र्सवाद–लेनिनवादको द्वन्द्ववादी सिद्धान्त तथा जनवादको अवसान हुने बताएका छन् ।

यस्ताे जवाफ

प्रतिक्रिया दिनुहोस्