
काठमाडौैं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ जना र ४ सय ४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा गरेर २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै मोरङमा ११३ जना, सुनसरीमा ३६ जना, पर्सामा ७९ जना, काभ्रेपलाञ्चोकमा १७ जना, चितवनमा २२ जना, नुवाकोटमा १२ जना, मकवानपुरमा ३० जना, कास्कीमा ३१ जना, स्याङ्जामा १४ जना, कपिलवस्तुमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्षमुनिका ५१ जना बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १ सय ८८ गरी २ सय ३९ बालबालिका कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
देशभर ८१ जना क्वारेन्टिनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित छन् । यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।











