Logo
Logo

१६ अंक बढेर नेप्से बन्द


दृष्टि संवाददाता


काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब १६ अंक बढेर बन्द भएको छ । पछिल्लो चार कारोबार दिनमा नेप्से परिसूचक १ सय ३ अंकको गिरावटपछि यस दिन बजार सामान्य अंकले बढेको हो ।

योसँगै नेप्से सूचक १५ अंकले बढेसँगै २ हजार ६ सय ४८ बिन्दुमा उक्लिएको छ । कारोबार रकम सामान्य रुपमा बढेपनि गत हप्ताको तुलनामा भने बढ्न सकेको छैन । बिहीबार करिब ६ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।

म्याचुअल फण्ड र होटल तथा पर्यटन बाहेकका सबै उपसमूहको सूचक हरियो भएको छ। जीवन र निर्जीवन बीमा समूह समान १ सय १४ अंकले बढेका छन् । लघुवित्त समूह ५३ अंक र उत्पादन समूह ४७ अंकले बढ्दा विकास बैंक समूह पनि ३८ अंकले बढेको छ ।

बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, ज्योति लाइफ, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

हिमालयन ऊर्जा विकास, पञ्चकन्या माइ हाइड्रो, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र चन्द्रागिरी हिल्सको सेयर मूल्य २/३ प्रतिशतले घटेको छ ।

२१४ कम्पनीको एक करोड ३० लाख कित्ता सेयर पाँच अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्