Logo
Logo

कोरोना खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनका अनुसार संक्रमित सबै युवा उमेरका छन् । संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेको उनले बताए । अहिले संक्रमित मध्ये अधिकांशलाई लक्षण देखिएको छ ।

अस्पतालका फोकल पर्सन डा. अच्युत कार्कीका अनुसार ‘कोरोनाविरुद्धको खोप दुवै मात्रा लगाइ सकेकालाई पनि संक्रमण भएको छ । संक्रमण बढिरहेकाले यसमा सबैले सावधानी अपनाउनुपर्छ। सामाजिक दूरी कायम गरी मास्क लगाउनुपर्छ।’ पहिलो चरणमा देखिएको संक्रमित र अहिले देखिएकामा लक्षण फरक नभएको उनको दाबी छ ।

अस्पतालमा अहिले ६२ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ भने आठ जना आइसीयु र तीन जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस्