Logo
Logo

यस्तो छ आजको मौसम पुर्वानुमान


दृष्टि संवाददाता


काठमाडौं । अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू(भागहरुमा आंशिक बदली रहनेछ ।

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्