Logo
Logo

हेलिकोप्टर दुर्घटनास्थलमा हराएको पेस्तोल भेटियो


- दृष्टि न्युज/संवाददाता



ताप्लेजुङ, २२ फागुन ।
एक साताअघि ताप्लेजुङमा भएको हवाई र्दुघटनामा हराएको पेस्तोल फेला परेको छ । फुङलिङ नगरपालिका–१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर फागुन १५ गते दुर्घटना हुँदा हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा मंगलबार दिउसो फेला परेको हो ।


अस्थाई प्रहरी चौकी माथिल्लो फेदीं र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला परेको हो । उक्त दुर्घटनामा जमदार घिमिरेको निधन भएको थियो । पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित सात जनाको सो दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्