Logo
Logo

कोरोनाबीच मुलुकमा आर्थिक गतिविधि बढाउन चूनौती : उद्योगमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीबीच मुलुकमा आर्थिक गतिविधिलाई बढाउनुपर्ने चूनौती सिर्जना भएको बताएका छन् ।

फोकस नेपाल संस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विश्वव्यापी कोभिड प्रभावमा औद्योगिक क्षेत्र, चूनौति र अवसरहरु बिषय अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले मुलुकको समृद्धिको लागि आर्थिक गतिविधिलाई बढाउन कोरोना महामाराबीच अघि बढ्नुपर्ने चुनौती रहेको बताएका हुन् । ।

मन्त्री भट्टले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै विकासको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे । उनले देशलाई औधोगिकरण र व्यापारलाई निर्यातमुखी बनाउन आफुहरु योजना बनाउन लागेको बताए ।

कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्