Logo
Logo

उपत्यकामा ४० जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको काठमाडौंमा एक सय १७ जना गम्भीर अवस्थाका संक्रमितको आइसीयू र भेन्टिलेटरमा उपचाररत भइरहेको छ ।

उपत्यका कोरोनाको उपचार हुने १२ वटा विभिन्न अस्पतालमा ७७ जना आइसियूमा र ४० जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै तीन सय ९६ जना आइसोलेसनमा छन् ।

बिहीबार उपत्यकामा ५२ जना आइसियूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत थिए । बिहीबार भन्दा शुक्रबार उपत्यकामा गम्भीर प्रकारका संक्रमित बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङकले देखाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको उपचार गर्ने मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियू, १० जना भेन्टिलेटरमा, ५४ जना आइसोलेसनमा छन् ।

त्रिवि शिक्षण अस्पतालमा तीन जना आइसियूमा, एक जना भेन्टिलेटर र ९ जना आइसोलेसनमा छन् । यस्तै पाटन अस्पतालमा सात जना आइसियूमा, आठ जना भेन्टिलेटर र ६५ जना आइसोलेसनमा छन् ।

मन्त्रालयको विवरण अनुसार हाल प्रदेश १ मा ११ आइसियूमा, बागमती प्रदेशमा ७२ जना आइसियूमा र ३९ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा एक जना आइसियूमा र एक जना भेन्टिलेटरमा छन् ।

लुम्बिनी प्रदेशमा ६५ जना आइसियूमा र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १४ जना आइसियूमा र सुदूरपश्चिम प्रदेशमा १० जना आइसियू र तीन जना भेन्टिलेटरमा गरी हाल देशभर एक सय ७३ जना आइसियू र ५७ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्