Logo
Logo

२ अर्बभन्दा बढी कर छली गरेको आरोपमा १६ जनाविरुद्ध मुद्दा


दृष्टि संवाददाता


काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध शुक्रवार मुद्दा चलाएको छ ।

विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा अनिल गुप्ता एण्ड एशोसिएटसका सञ्चालक अनिलकुमार गुप्ता तथा अङ्कुश ट्रेड एण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महतो लगायत १६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरुले अर्बौंको राजस्व छली गरेको पाइएको विभागले बताएको छ ।

उनीहरुले २ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बिगो बराबरको राजस्व छलि गरेकाले बिगो असुल गरी जरिवाना र कैद दाबी लिई मुद्दा दर्ता गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

उनीहरुले विभिन्न फर्मका नाममा बिक्री भएको भनी नक्कली तथा झुट्टा बीजक जारी गरी सो बमोजिमको रकम भुक्तानी लिई असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्