Logo
Logo

कोरोनाको त्रासमा प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम !

दृष्टि संवाददाता

काठमाडौं । निर्वाचनका र्याली र कुम्भ मेलाले भारतमा महामारी फैलाएको समाचार विश्वभर प्रसारित हुँदा पनि मूर्ति प्रतिस्थापन गर्न गत बुधबार पर्यटनमन्त्री भानुभक्त ढकाल र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा चितवनको माडीमा चार हजार मान्छेको भिड जम्मा भयो ।

आपत्को यो वेला प्रधानमन्त्रीले स्वास्थ्यविज्ञ, मुख्यमन्त्री, प्रतिपक्षी नेताहरू तथा अन्तर्राष्ट्रिय साझेदारसँग ‘ब्याक टु ब्याक’ रणनीतिक छलफल गर्नुपर्ने हो, तर हाम्रा प्रधानमन्त्री आफ्नै दलको झमेलाबाट बाहिर निस्केका छैनन्, निस्किएको वेला पनि अस्पतालमा भेन्टिलेटर होइन, मन्दिरमा गजुर झुन्ड्याउन आतुर छन् ।

मेडिकल डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की देशका प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको गुनासो गर्छन् । हालै बेलायती महारानीका श्रीमान्को निधनको प्रसंग स्मरण गर्दै उनी भन्छन्, ‘अन्तिम संस्कारमा ३० जना मात्रै सहभागी भए । श्रद्धाञ्जली दिन प्रधानमन्त्रीसमेत जान पाएनन् । बेलायतमा लकडाउन वा स्वास्थ्य मापदण्डको पालना नगर्दा सरकारी सेवाबाट समेत हटाइएका धेरै उदाहरण छन् । कतिपयलाई जरिवाना गरिएको छ ।’, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्