Logo
Logo

शव व्यवस्थापनमा गम्भीर लापरबाही


दृष्टि संवाददाता


काठमाडौं । धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राति मृत्यु भएका संक्रमितको शव अन्त्येष्टिमा मापदण्ड उल्लंघन गरी ५० जनाभन्दा बढी सहभागी भएको भेटिएको छ।

बिहीबार दिउँसो परिवार तथा आफन्तले मृतकको शव चतरामा लगेर अन्त्येष्टि गरेका थिए। अन्त्येष्टिमा परिवार, आफन्त र छिमेकी गरी ५० भन्दा बढी सहभागी थिए।

प्रतिष्ठानमा बुधबार राति धरान ११ का ४५ वर्षीय एक संक्रमितको मृत्यु भएको थियो। मृतकको शव प्रतिष्ठानले बिहीबार बिहान परिवारको जिम्मा लगाएको थियो।

वडा नं. ११ का अध्यक्ष बाबुलाल लामाले मृतकका परिवारलाई प्रतिष्ठानका डाक्टरले फोन गरेर शव लैजान सक्नुहुन्छ भन्दै जिम्मा लगाएको बताए।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्