Logo
Logo

कोरोना नियन्त्रणका खाका ल्याउन स्थानीय तहको संघलाई सुझाव


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणको दर रफ्तारमा बढेपछि स्थानीय तहहरुले रोकथाम र नियन्त्रणका लागि तीन तहगत स्पष्ट खाका ल्याउन संघीय सरकारसँग माग गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरुले तहगत व्यवस्थापनमा मात्र कोरोनाविरुद्ध लड्न सकिने बताउँदै संघ, प्रदेश र स्थानीय तहका आ–आफ्नो जिम्मेवारी सहित स्पष्ट खाका सहितको योजना ल्याउन संघीय सरकारसँग आग्रह गरेका हुन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले सङ्घीय सरकारले सङ्घ, प्रदेश र स्थानीय तहले आर्थिक तथा भौतिक रूपमा केके गर्ने भन्ने स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिए । उनले भने, “गत वर्ष कोरोना रोकथाम र नियन्त्रणका बारेमा नागरिकमा जनचेतनाको अभाव र शून्य पूर्वाधारको बीचमा स्थानीय तहको सक्रियताले कोरोना रोकथाम र नियन्त्रण भएको थियो ।”

उनले सङ्घीय सरकारले नीतिगत रूपमा काम गर्ने, प्रदेश सरकारले सम्बन्धित प्रदेशका स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गर्ने तथा स्थानीय तहले व्यवस्थापनसहितको कार्यान्वयन तहमा काम गर्ने गरी कार्ययोजना बनाउन सरकारलाई सुझाव दिए ।

अहिले सहरी क्षेत्रमा फैलिएको कोरोना अब क्रमिक रूपमा गाउँगाउँमा पुगेर देशैभर फैलन सक्ने प्रति चिन्ता व्यक्त गर्दै स्थानीय तहका जनप्रतिनिधिले कोरोन रोकथाम र नियन्त्रणका लागि सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तहले नागरिक स्तरमा गरेको कोरोनाका सचेतना अभियान, निर्माण भएका क्वारेन्टिन, आइसोलेसन लागयतका संरचनालाई पुनः सञ्चालनमा ल्याउन स्थानीय तह तयार छन् तर आर्थिक व्यवस्थापन भने सङ्घीय सरकारले गर्नुपर्नेमा स्थानीय तहका जनप्रतिनिधिको माग छ । आजको गोरखापत्र दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्