Logo
Logo

साता समिक्षा: नेप्से ८७ अंकले घट्दा कारोबार ९ अर्ब ४० करोडले बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । यो साता नेप्से परिसुचक ८७ दशमलब ३३ अंकले घटेको छ । तर कारोबार रकममा भने ९ अर्ब ४० करोड रुपैयाँले सुधार देखिएको छ ।

साताको पहिलो दिन कारोबार सुरु हुनु भन्दा अघि नेप्से २ हजार ७ सय ३५ दशमलव ३१ अंक रहेकोमा अन्तिम दिन घटेर २ हजार ६ सय ४८ दशमलब शुन्य ८ अंकमा खुम्चिदा परिसुचक ८७ अंकले घटेको हो । कारोबार रकम तर्फ भने अघिल्लो साता २३ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको यो साता ३२ अर्ब ७९ करोड ४० लाख रुपैयाँको  कारोबार भएपछि सुधार देखिएको छ ।

लगानीकर्ताको सम्पत्ति भने १ खर्ब २० अर्ब ८० करोड ९० लाख ८८ हजार रुपैयाँले घटेको छ । गत साता ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७ हजार रहेको लगानीकर्ताहरुको कुल बजार पूँजीकरण रकम  साताको अन्तिम दिन ३६ खर्ब ६६ अर्ब ६९ करोड ९० लाख १९ हजारमा झरेको थियो ।

साताको ५ कारोबार दिनमा ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार बराबरको ७ करोड २९ लाख १८ हजार ९६६ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक रकमको शेयर कारोबार एनआईसी एशिया लघुवित्तको भएको छ ।

एनआईसी एशिया लघुवित्तको सातामा १ अर्ब २९ करोड ५० लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको अन्तिम शेयरमूल्य बिहीवार प्रतिकित्ता  १ हजार ८ सय ३७ रुपैयाँ कायम भएको थियो ।

जलविद्युत् कम्पनीको सेयरमा बृद्धि  

जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेपछि सेयर मूल्यसमेत बढ्न थालेको छ । लगानीकर्ताको आकर्षण बढेसँगै अधिकांश जलविद्युत् कम्पनीका सेयर मूल्य पछिल्लो समय सयदेखि डेढ सय प्रतिशतसम्म बढेका हुन् ।

चालू आर्थिक वर्षको पहिलो कारोबारका दिन दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १७ वटा जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर अंकित मूल्यभन्दा निकै माथि पुगीसकेको नेप्सेको तथ्याकंले देखाकएको छ ।

बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्यमा सुधार आएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर आकर्षित भएको आकलन गरिएको छ । नेप्सेमा ३८ वटा जलविद्युत् कम्पनीको सेयर सूचीकृत छन् । यीमध्ये अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ८ सय ७५ मा कारोबार भइरहेको छ ।

त्यस्तै माउन्टेन इनर्जीको ७ सय ८२, चिलिमे हाइड्रोपावरको ६ सय ४४, राधी विद्युत् कम्पनीको ४ सय ८७, रसुवागडी हाइड्रोपावरको ४ सय ७४, सान्जेन जलविद्युत् कम्पनीको ४ सय ५७, बुटवल पावर कम्पनीको ४ सय १९ रुपैयाँँमा सेयर कारोबार भएको छ ।

३ सयभन्दा माथि कारोबार गर्ने नौ कम्पनी छन् । चालू आर्थिक वर्षको सुरुवातमा १७ वटा कम्पनीको सेयर मूल्य अंकित मूल्य भन्दा निकै कम रहेका थिए ।

पछिल्लो १० महिनाको तथ्यांक हेर्ने हो भने समग्र बजारकै विकास भएको छ । बजार बढिरहँदा प्रति सेयर आम्दानी ३० प्रतिशत बढी रहेका कम्पनीको सेयर मूल्य समेत अंकित मूल्यभन्दा कम रहेको थियो ।

यसरी अस्वाभाविक रूपमा घटेका कम्पनीको सेयरमा बजार बढ्न थालेपछि लगानीकर्ताको आकर्षण बढेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको भनाई छ । सरकारले नेपालको पानी जनताको लगानीअन्तर्गत जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ ।

केही महिनाअघिसम्म दयनीय बन्दै गएको जनताले लगानी गरेको जलविद्युत् क्षेत्रमा अहिले आएर यस क्षेत्रमा लगानीकर्ता लगानी गर्न इच्छुक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्