Logo
Logo

कोरोनाका कारण भीमदत्त नगरपालिकाका एक पुरूषको मृत्यु


दृष्टि संवाददाता


महेन्द्रनगर । कोरोना भाइरस सङ्क्रमणका कारण भीमदत्त नगरपालिकाका एक पुरूषको मृत्यु भएको छ ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना भएका भीमदत्त नगरपालिका–१८ भगतपुरका ४० वर्षीय पुरूषकाे शनिबार मृत्यु भएको अस्पताल कोभिड–१९ का सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए । तीन दिनअघि भारतबाट घर फर्किएका ती उनकाे उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

‘तीन दिनअघि एन्टिजेन पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि यहाँ भर्ना गरिएको थियो’, डा रोकायाले भने, ‘मृतकको शव व्यवस्थापनका लागि सेनाको टोली आउँदैछ ।’ अस्पतालका अनुसार मृतकका श्रीमतीमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या यहाँ वृद्धि हुँदै गएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना लक्षणसहितका बिरामी बढ्न थालेपछि यहाँ आइसीयू शय्या बढाइएको छ । ‘पहिले छ शय्याको आइसीयू थियो, अहिले चौध शय्या पु¥याइएको छ’, उनले भने, ‘अन्य व्यवस्थापनको काम पनि हुँदैछ ।’

 

प्रतिक्रिया दिनुहोस्