Logo
Logo

तरकारीको मूल्य अकासियो


दृष्टि संवाददाता


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य बढेको जनाएको छ । तरकारीको मूल्य करिब ६९ प्रतिशतले बढेको छ भने फलफूलको मूल्य ४१ प्रतिशतसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारी लगायत फलफूलको मूल्य थोक मूल्यमै बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार नेपाली तरकारी तथा फलफूल उत्पादनमा कमी हुँदा समस्या भएको हो ।

“माग धान्न भारतबाट तरकारी तथा फलफूल आयात हुने गरेको छ ।” सूचना अधिकारी श्रेष्ठले भन्नुभयो,“हाल भारतबाट दैनिक करिब ३० देखि ४० प्रतिशत तरकारी भित्रिने गरेको छ ।” भारतबाट तरकारी तथा फलफूल आए पनि बजारको माग अनुसार पर्याप्त भने नरहेको र सामान्य अवस्थामा करिब दैनिक सात, आठ सय मेट्रिक टन भित्रिने गरेको उहाँले बताउनुभयो ।

कालीमाटी तरकारी बजारका व्यापारी गीता अचार्यले भन्नुभयो,“केही दिनयता थोकमै मूल्य बढेको छ । महँगोमा खरिद गरेपछि सस्तोमा बेच्न सकिँदैन ।” तरकारी तथा फलफूलको मूल्य होलसेलमा बृद्धि हुँदा खुद्रामा पनि मूल्य बढेको छ । ‘महँगोमा खरिद भएपछि उपभोक्तालाई पनि बढी मूल्य पर्छ । प्रतिकिलो ८०÷९० रुपियाँभन्दा कममा तरकारी पाउन मुश्किल रहेको उहाँको भनाइ छ । प्रत्येक खुद्रा पसलमा तरकारी तथा फलफूलको मूल्य फरक रहेको उहाँको भनाइ छ ।, यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्