Logo
Logo

संक्रमण नियन्त्रणबाहिर गएपछि कोहलपुरमा एक हप्ता लकडाउन घोषणा


दृष्टि संवाददाता


काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकामा पनि लकडाउन गरिने भएको छ । कोरोना संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन जारी छ ।

कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको शनिबार बसेको आकस्मिक बैठकले कोहलपुरमा पनि लकडाउन गर्ने निर्णय गरेको हो ।

कोहललपुर नगरपालिकामा आइतबार राती १२ बजेदेखि बैशाख १९ गतेसम्म लकडाउन हुने बताइएको छ । लकडाउनको अवधिमा कोहलपुर नगरपालिका क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य कुनैपनि कार्य गर्न नपाइने छैन ।

कोहलपुर क्षेत्रमा कोरोना संक्रमण दैनिक रुपमा बढ्न थालेपछि लडाउन गर्नु परेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्