Logo
Logo

चिनियाँ खोप ‘भेरोसेल’ आजबाट काठमाडौंका सात केन्द्रमा लगाईने, कुन खोप केन्द्र कहाँ ?


दृष्टि संवाददाता


काठमाडौं । सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आज (आईतबार) बाट काठमाडौंका सात वटा खोपकेन्द्रमा लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ चैतदेखि दिदै आएको चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आईतबारबाट काठमाडौंका सात वटा खोपकेन्द्रमा लगाइने भएको हो ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, नेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनामंगल र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आईतबारबाटै कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले वैशाख सातदेखि ११ गतेसम्ममात्र कोरोनाको दोस्रो मात्रा खोप दिने घोषणा गरेको थियो ।

जिल्ला स्वास्थ्थ्य कार्यालय काठमाडौले यसअघि लगाइएका केन्द्रबाट खोप लगाउने कार्यलाई आईतबार पनि निरन्तरता दिइने जनाएको हो । दोस्रो मात्रा खोप गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप कोभिसिल्ड लिएका व्यक्तिहरुलाई सात गते देखि ११ गतेसममलाइ तोकिएको थियो ।

काठमाडौँमै दोस्रो डोज लगाउन केही बाँकी रहेको निस्कर्ष निकाल्दै स्वास्थ्य कार्यालयले तीनवटा खोप केन्द्रमा दोस्रो डोज लगाउने कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ । मन्त्रालयका अनुसार ती खोप केन्द्रहरुमा वीर अस्पताल महावौद्ध, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्