Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पुर्वानुमान


दृष्टि संवाददाता


काठमाडौं । अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ।

यस्तै सोमबार प्रदेश न.१ र बाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम समान्यतया सफा रहनेछ।​ मंगलबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्