Logo
Logo

हटस्पटहरुमा ‘लकडाउन’ गर्न प्रधानमन्त्रीलाई सीसीएमसीको सुझाव


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस (कोभिड-१९) संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव दिएका छन् ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कोरोना संक्रमणको पछिल्लो अवस्थारे ब्रिफिङ गर्दै सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन् । तर, हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अवनाउनुपर्ने सुझाव दिएका हन् ।

ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक गर्न नसके भयावह अवस्था आउने उनीहरुको भनाई छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार, ‘लकडाउन शब्दले कसैले प्रयोग गर्नु भएको छैन । यसरी नै संक्रमण बढ्ने हो भने त्यो अवस्था पनि आउनसक्छ ।’ उनले भने ।

यस्तै सीसीएमसीका अधिकारीहरुले लामो दुरीको यातायात तत्काल बन्द गर्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।

संक्रामक रोक ऐनअनुसार सोमबार जारी भएको आदेश पूर्ण पालना नभएको तथा परीक्षाका नाममा विद्यालय तथा कलेजहरुमा भिडभाड भएको भन्दै सीसीसएमसीका अधिकारीहरूले त्यसमा पनि कडाई गर्नुपर्ने उनीहरुले बताएका छन

अन्तराष्ट्रिय सीमा नाका बन्द गर्न नसकिने, तर आवागमनलाई व्यवस्थित गर्नुपर्ने सीसीएमसीका अधिकारीहरूको जोड छ । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर आउने दिने, विदेशी नागरिकहरुको हकमा भने तत्कालका लागि स्थलमार्गबाट आउन रोक्न सकिने सीसीएमसीका अधिकारीहरुको सुझाव छ । हवाईमार्गबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्ने सीसीएमसीको प्रस्ताव रहेको छ । होल्डिङ सेन्टरहरु यसअघि भन्दा व्यवस्थित हुनुपर्नेमा जोड दिइएको छ ।

सीसीएमसीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको आदेश कडाइका साथ पालना गर्नुका साथै चेतनामुलक सन्देशहरु प्रवाह गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्