Logo
Logo

ओलीले आकस्मिक बोलाए एमाले महाधिवेशन आयोजक कमिटीको बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्। ओलीले आकस्मिक रूपमा यो बैठक राखेका हुन्।

ओलीले आज बिहान १० बजे बैठक बस्ने गरी कमिटी बैठक बोलाएका हुन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक बस्न लागेको बताए ।

बैठकका एजेन्डा भने खुलाइएको छैन। ओलीले यसअघि माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्