Logo
Logo

कोरोना अस्पतालमा आगलागी हुँदा इराकमा २३ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । इराकको राजधानी बग्दादस्थित कोरोना अस्तालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने सो ईबन खातिब अस्पतालमा गएराति आगलागी हुँदा दर्जनौँ अन्य घाइते भएको समाचारमा जनाइएको छ ।

अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको बताइएको छ । सामाजिक संजालमा राखिएका भिडियोहरूमा अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेको देख्न सकिन्छ भने अस्पतालभित्र रहेका अन्य मानिसहरू आगोबाट बच्न हतारिँदै भागिरहेको देखिन्छ ।

इराकका प्रधानमन्त्री मुस्तफा अलकाधिमीले भने आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन पनि दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्