Logo
Logo

देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक, निर्वाचनको बारेमा छलफल हुने


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो बस्न लागेको हो ।

बैठकमा सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डाबारे सहमति जुटाउने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ ।

बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषय र जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

कांग्रेसले बागमती प्रदेशको रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलहरुसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक भने सोमबार दिउँसो २ बजे सानेपामा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्