Logo
Logo

दमकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु


दृष्टि संवाददाता


दमक । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

राईलाई पत्नीशोक
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलाई पत्नीशोक परेको छ । पाँचथर रविमा जन्म भई हाल झापाको कमलगाउँँपालिका–५ मङ्गलबारे बजारमा बसोबास गरेका उनकी ७२ वर्षीया श्रीमती इन्द्रकुमारी राईको आज बिहान असमायिक निधन भएको हो ।

श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि चार दिनदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै आएका उनको आज बिहान १.३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको आज बिहान ११ बजे झापाको कमल–५ सावित्राचोक उत्तर जङ्गलमा अन्येष्टि गरिने जनाइएको छ । उहाँका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्