Logo
Logo

आइसोलेसनमा बसेका एक जनाले गरे आत्महत्या


दृष्टि संवाददाता


बाँके । बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमणका कारण थप चार जनाको ज्यान गएको छ । कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका छन् ।

मेडिकल कलेजमा कोहलपुर १० बाँकेकी ३६ वर्षीया महिलाको आज विहान साढे २ बजे मृत्यु भएको हो । यही वैशाख १० गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्प्तालले जनाएको छ ।

यसैगरी बाँकेको खजुरा–३ बस्ने ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । यही वैशाख १ गते अस्पताल भर्ना भएकी उनको गएराति साढे १० बजे मृत्यु भएको हो ।

भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले बतायो । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले भने आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुुस्

कोरोनाबाट गुल्मीमा एक पुरुषको मृत्यु

बाँकेको सुशील कोइराला अस्पताल एक साता बन्द

प्रतिक्रिया दिनुहोस्