Logo
Logo

पर्साको ठोरीको जङ्गलमा पाटेबाघ मृत फेला


दृष्टि संवाददाता


काठमाडौं । पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत अवस्थामा भेटिएको छ । ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए ।

सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका हुन् ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतको भनाई छ । बाघको मृत्युको कारण भने खुलीनसकेको उनले बताए ।

सोही सामुदायिक वन क्षेत्रमा गत बिहीबार बाघको आक्रमणमा परी एक जना स्थानीय घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्