Logo
Logo

इन्भेष्टमेन्टको काठमाडौं युनिभर्सिटीमा दशौँ एक्सटेन्सन काउन्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी (स्कुल अफ एजुकेशन एण्ड स्कुल अफ आर्ट) मा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ ।
काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, के युका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, केयु स्कुल अफ एजुकेसनका डिन प्राडा महेशनाथ पराजुली तथा एकुल अफ आर्टका डिन प्राडा सागरराज शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

काउन्टरले केयु हात्तिवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । एजुकेसन र आर्ट विषयमा पिएचडीसम्मको पढाइ हुने के युमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसंगको नातालाई अझै फराकिलो पार्ने उदेश्यले बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो ।
बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,६६५ वटा पीओएस मेसिनबाट सेवा दिइरहेको छ ।
बैंक अफ दि एयर पाँच पटक प्राप्त गरिसकेको एनआईबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनि नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सिलेन्स ‘बेष्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङमा ए बाट ए प्लस ल्याई स्त्तरोनन्ति गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्