Logo
Logo

सांग्रिलाद्वारा ऊर्जाशिल अपाङ्ग सशक्तीकरणलाई सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौ, पेप्सीकोलास्थित ऊर्जाशिल अपाङग सशक्तीकरण केन्द्रलाई सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले ऊर्जाशिल अपाङ सशक्तीकरणका अध्यक्ष कपिल विकलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । यसबाट देशमा विद्यमान शारीरिक अपाङगता भएका व्यक्तिलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेलाबेलामा बैंकका ८१ शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्