Logo
Logo

२४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा तीन हजार भन्दा बढी संक्रमित फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

बुधबारको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९६ जनाको पीसीआर र ७८६ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये ३०३२ जनामा पीसीआर परीक्षण र ९० जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।

थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । क्वारेन्टिनमा ६९ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसियुमा २५२ र भेन्टिलेटरमा ६५ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्