Logo
Logo

२४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसबाट २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८ जनाको परीक्षणको रिपोर्ट प्राप्त भए अनुसार निधन भएको छ भने सोही समयमा अन्य मृत्यु हुनेको संख्या १६ छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । जसमध्ये १७ हजार ७८८ जना होम आइसोलेसनमा र १ हजार ५९४ जना संस्थागत आइसोलेसनमा छन् । आइतबारसम्म २ सय ५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँकेमा ३५३, ललितपुमा २७०, रुपन्देहीमा २०९, सुर्खेतमा ११८, मोरङमा ११० र कास्कीमा १०५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्