Logo
Logo

‘लिक्विड अक्सिजन’ उपलब्ध गराउन भारतलाई सरकारकाे पत्राचार


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको संक्रमणले मुलुकलाई गाँज्दै लाने देखिएपछि सरकारले ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै भारतलाई पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको सूची परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको हो । मन्त्रालयले पनि सोच पत्र दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयसँग छलफल अघि बढाएको छ ।

भारतमा अक्सिजको अभाव भइरहँदा नेपालमा पनि हुनसक्ने भन्दै सरकारले अक्सिजन उपलब्ध गराउने विषयमा भारतसँग कुरा अघि बढाएको हो । तर, भारतमा नै अभाव देखिएकाले नेपालले समयमा नै अक्सिजन जोहो गर्न भने नसक्ने सम्भावना बढ्दै गएको छ ।

यता, जनस्वास्थ्यविज्ञ र मन्त्रालयले भने संक्रमितको रफ्तार निरन्तर बढे केही दिनमै नेपालमा ‘लिक्विड अक्सिजन’को अभाव हुनेछ । त्यसैगरी सरकारले अक्सिजन सिलिण्डर उपलब्ध गराउन पनि भारत सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्