Logo
Logo

संक्रमण नरोकिए अस्पतालमा बिरामी राख्न नसकिने स्वास्थ्य मन्त्रालयको चेतावनी


दृष्टि संवाददाता


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्र नरोकिए अस्पतालमा बिरामी राख्न नसकिने चेतावनी दिएको छ ।

कोरोना संक्रमण दर ह्वात्तै बढेकाले सार्वजनिक स्थानमा हुने कार्यक्रम सहभागी नहुन सर्वसाधरणलाई आग्रह गर्दै मन्त्रालयले सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने बताएको हो ।

मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस परी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र संक्रमित संक्रमितलाईहरु राखेर हेरचार गर्न नसकिएको हृद्धयविदारक घटना देखिएको भन्दै नेपालका कति स्थानमा त्यस्तै अवस्था सृजना भइसकेकोले संक्रमणबाट सचेत रहन आग्रह गरेका छन् ।

अधिकारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधी विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्ड पालना गर्नु अति आवश्यक भएको भनिएको छ ।

यस्तै मन्त्रालयले आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरूलाई निरुत्साहित गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्