Logo
Logo

विराटनगर महानगरका सबै शैक्षिक संस्था बन्द


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीको जोखिम उच्च भएपछि विराटनगर महानगरले सबै शैक्षिक संस्था बन्द गर्दै बैशाखभर परीक्षा नगर्ने निर्णय गरेको छ ।

महामारीको जोखिम बढेकाले भौतिक रूपमा लिइने कक्षा परीक्षा बैशाख मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको हो ।

बैशाख मसान्तसम्म भौतिक रूपमा लिइने कक्षा र परीक्षा स्थगित गर्ने निर्णय भएको महानगरले जनाएको छ । यसअघि महानगरले स्वास्थ्य साबधानी अपनाएर परीक्षा सञ्चालन गर्न अनुमति दिएको थियो ।

अब बैशाख मसान्तपछि अवस्था हेरेर मात्र परीक्षा सञ्चालनको निर्णय हुने महानगरले जनाएको छ । महानगरभित्रका विद्यालयले परीक्षाका लागि भन्दै एक साता बिदा दिएर आइतबारबाट परीक्षा सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्