Logo
Logo

दुर्लभ अर्ना गणनाः दुई वर्षमा १३ प्रतिशतले बढे


दृष्टि संवाददाता


काठमाडौं । बैशाख १२ गते । नेपालको पूर्वी भेग कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना) को संङ्ख्या वृद्धि भएको छ ।
यही चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको सङ्ख्या आइतवार सार्वजनिक गरिएको छ ।

सन् २०२१ को गणनामा प्राकृतिक बासस्थानमा ४९८ वटा अर्ना रेकर्ड गरिएका छन् । सन् २०१८ को गणनामा ४४१ वटा अर्ना रेकर्ड गरिएको कुरा कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामले बताउनुभयो । सन् २०१८ को गणनामा भन्दा करिब १३ प्रतिशतले अर्नाको संख्या वृद्धि भएको उहाँले बताउनुभयो ।

प्राप्त रेकर्ड अनुसार ४९८ मध्य २२१ वटा वयस्क भाले, १६२ वटा वयस्क पोथी, ४८ वटा अर्ध वयस्क, दुई÷ तीन वर्षको बच्चा ३५ वटा, एक देखि दुई वर्षको बच्चा ३२ वटा भेटिएका छन् ।

जङ्गली भैँसी (अर्ना) विश्वमा निकै दुर्लभ मानिन्छ । यो वन्यजन्तु प्राकृतिक बासस्थानमा नेपाल, भारत, भूटान, कम्बोडिया र थाइल्याण्डमा मात्र पाइने गरेको छ । विश्वभरी अर्ना पाइने मुलुकाको संख्या हेर्दा नेपालमा यसको संख्या दोस्रो ठूलो झुण्ड मानिन्छ । सबैभन्दा बढी भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा पाउने गरेको छ ।, यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्