Logo
Logo

अत्यावश्यक वस्तु अभाव नहुने सरकारी दाबी


दृष्टि संवाददाता


काठमाडौं । कोरोराको असर बढ्दै गएपछि सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनका लागि तयारी सुरू गरेको छ । यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसहित अत्यावश्यक सेवा प्रदायक निकायका प्रतिनिधिसँग छलफल सुरू गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका व्यवसायीलाई बोलाएर अत्यावश्यक वस्तुको अवस्थाका बारेमा छलफल गरेका थिए । निजी व्यवसायीसँग अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले दैनिक उपभोग्य वस्तुको अवस्थाको बारेमा जानकारी लिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बजारमा अत्यावश्यक वस्तुको अभाव हुन सक्ने भन्दै मन्त्रालयले आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि व्यवसायीसँग छलफल गरेको हो ।

निजी व्यवसायीसँग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको र सरकारसँग पनि पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी दिएको छ । निजी व्यवसायीले पनि पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने बताएका छन् ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्