Logo
Logo

यस्तो रहनेछ आज दिनभरीको मौसम


दृष्टि संवाददाता


काठमाडौं । अहिले देशमा स्थानीय वायुको प्रभाव रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

मंगलबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै बुधबार प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्