Logo
Logo

कोरोना नियन्त्रणको नाममा सरकारले गर्‍यो १९ अर्ब खर्च


दृष्टि संवाददाता


काठमाडौं । सरकारले कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचारमा चालु आर्थिक बर्षमा मात्र १९ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

तरपनि कोरोना संक्रमणको दोस्रो लहर रोक्न सरकार असफल देखिएको छ । पछिल्लो ९० महिनामा संघीय सरकारले ८ अर्ब ५९ करोड ९८ लाख, प्रदेश सरकारले २ अर्ब ९२ करोड ३ लाख रुपैयाँ खर्च गरेका हुन् ।

अर्थ मन्त्रालयलका अनुसार सरकारले संक्रमण नियन्त्रण गर्न गत आर्थिक बर्षमा ११ अर्ब ८६ करोड ९२ लाख र चालु आवमा ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालु आर्थिक बर्षको पहिलो ६ महिनामा मात्र ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च चएको छ । यो खर्च संघ, प्रदेश र स्थानीय तहबाट भएको खर्च हो ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्