Logo
Logo

‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’


दृष्टि संवाददाता


काठमाडौं । विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकसँग गरेको छलफल तथा बहसमा उहाँहरुले महासङ्घका सदस्य र सम्पादकमात्र नभएर सञ्चार उद्यमीसँग निरन्तर संवाद गरेमात्र श्रमजीवी पत्रकारको समस्या समाधान हुने बताएका हुन् ।

कार्यक्रममा नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पत्रकार महासङ्घमा व्यावसायिक पत्रकारको उपस्थिति बढ्दै जानु खुशीको कुरा भएको बताउँदै महासङ्घले श्रम सुरक्षासँगै व्यावसायिक दक्षतामा पनि ध्यान दिनुपर्ने बताए ।

इकागज डटकम अनलाइन मिडियाका प्रधान सम्पादक हरिबहादुर थापाले श्रमजीवी पत्रकारका समस्याका बारेमा महासङ्घ चनाखो भएर लाग्नुपर्ने बताए । महासङ्घ चुप लागेर बस्दा कतिपय विषय पूरा हुन नसक्ने उनको भनाइ थियो । रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले महासङ्घ, सम्पादक र पत्रकारबीच ‘मिस कम्युनिकेसन’ हुँदा पत्रकारका समस्या समाधान हुन नसकेको बताए ।

नेपाल बहस डटकम अनलाइनका प्रधान सम्पादक चेतन अधिकारीले पत्रकार महासङ्घ व्यावसायिकभन्दा पनि राजनीतिक चरित्रको भएको बताए । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारका लागि महासङ्घले निरन्तर आवाज उठाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्