Logo
Logo

टुलबक्समा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद


दृष्टि संवाददाता


काठमाडौं । युनाइटेड अरब ईमिरेट्सको दुबईबाट टुलबक्समा लुकाएर ल्याएको सुन त्रिभुवन विमास्थलमा कर्मचारीले बरामद गरेको छ ।

वायुसेवा निगमको जहाजमा चढेर काठमाडौं आएका प्रदिप प्रसाद न्यौपानेले ल्याएको टुलबक्स जाँच गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सुन फेला पारेको हो ।

स्रोतका अनुसार भन्सार कार्यालयले दोलखा घर भएका न्यौपानेलाई पक्राउ गरेको छ । फलामको स्क्रुडाइभरभित्र लुकाएको अवस्थामा करिब ६ सय ग्राम सुन भेटिएको हो ।

न्यौपानेले ल्याएको सुन रिसिभ गर्ने तयारीमा रहेका दुईजनालाई विमानस्थल प्रहरीले अपराध महाशाखासँगको समन्वयमा पक्राउ गरेको छ ।

रामेछाप घर भएका अनिश तामाङ र सन्जिव योन्जनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाको भनाई छ ।

अनिश र सन्जिवलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको हो । उनीहरुलाई पनि त्रिभुवन विमनास्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्