Logo
Logo

मन्त्रिपरिषद बैठकः आज सीसीएमसीको सिफारिसमाथि निर्णय गरिने


दृष्टि संवाददाता


तस्विर फाईल ।

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुने मन्त्री ज्ञवालीले बताए ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने भनेको छ ।
सीसीएमसीले पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस समेत गरेको छ ।

मन्त्री ज्ञवालीका अनुसार कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्