Logo
Logo

अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न स्वास्थ्यको उद्योग मन्त्रालयलाई पत्र


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

पत्रमा अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन आग्रह गरिएको छ ।

यस्तै, ‘नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योग धन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गरिदिनुहुन’ आग्रह गरिएको छ ।

वीरगञ्ज, नेपालगञ्जमा पछिल्लो समय अक्सिजनको अभाव हुन थालेसँगै मन्त्रालयले उद्योग मन्त्रालयलाई यस किसिमको आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्