Logo
Logo

कोरोना संक्रमणसँगै अन्तरराष्ट्रिय हवाई उडान प्रभावित


दृष्टि संवाददाता


काठमाडौं । नेपाल र छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण अधिक हुन थालेसँगै नेपाल–भारत तथा नेपाल र अन्य अन्तरराष्ट्रिय गन्तव्यका उडानहरू प्रभावित हुन थालेका छन् ।

नेपाल–भारत उडान गर्दै आएको नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल एयरलाइन्स र भारतको एयर इन्डियाले पनि उडान बन्द गर्ने विषयमा विचार गर्न शुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

नेपालमा अन्तरराष्ट्रिय उडान गर्दै आएका अन्य कम्पनीहरूले कोरोना संक्रमण बढ्ने सम्भावना देखिन थालेसँगै उडान संख्या घटाउने वा बन्द गर्ने विषयमा चासो राख्न थालेको ती अधिकारीले बताए । आइतवार मात्रै जम्मा २० ओटा अन्तरराष्ट्रिय उडान भएको र २३ सय यात्रु बाहिरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

आइतवार मात्रै नेपालबाट ५० जना नेपाल भारत गएको र भारतबाट ६३ जना यात्रु नेपाल आएका थिए । कार्यालयका अनुसार आइतवार नेपालमा भारतसहित अन्य मुलुकबाट २ हजार मानिस आए । शनिवार भने २२ ओटा उडान भएका थिए ।

अहिले नेपालमा अन्तरराष्ट्रिय उडान नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससहित एयर इन्डिया, अल जजिरा एयरवेज, एयर अरेबिया, कतार एयरलाइन्स, एयर चाइना, टर्किस एयरलाइन्स, सिल्क, फ्लाइ दुबईले उडान गर्दै आएका छन् ।, यो समाचार आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस्