Logo
Logo

अक्सिजनको माग तेब्बरः सिलिन्डरलाई भन्सार छुट


दृष्टि संवाददाता


काठमाडौँ । कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ । त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् ।

त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् ।

‘पछिल्लो समय अक्सिजनको माग तेब्बर पुगेको छ । भारतका कोभिडसम्बद्ध समाचार प्रभाव र अक्सिजन अभाव हुने अनुमानले दैनिक १५र२० जना व्यक्ति कोभिडको शंका लागेर अक्सिजन लिन आउने गरेको उनीहरूको भनाइ छ ।

‘अहिलेसम्म माग धानिरहेका छौं,’ सगरमाथा अक्सिजन नेपाल प्रालिका रिकेश महर्जनले भने । सगरमाथा अक्सिजनमा रहेका करिब १० हजार सिलिन्डरमध्ये प्रायः होल्डिङमा छन् । ७÷८ सय रोटेसनका क्रममा रहेको उद्योगले बताएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्