Logo
Logo

३ वर्षमा बढे ५७ अर्ना


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र अर्ना पाइन्छ । अर्नाको संख्या ३ वर्षमा ४ सय ४१ बाट ४ सय ९८ पुगेको छ । यो १२.९ प्रतिशतले वृद्धि हो ।

आरक्ष क्षेत्रमा प्रत्येक ५र५ सय मिटरको दुरीमा भगौलिक सूचना प्रणाली (जीपीएस) रिसिभर युनिट, दुरविन, एनड्रोइड मोबाइललगायत आधुनिक उपकरणसहितका प्राविधिकहरु हिँडेरै प्रत्यक्ष गणना विधिबाट वैशाख ६–११ गतेसम्म अर्ना गणना गरिएको थियो ।

४ सय ९८ वटा अर्नामध्ये २ सय २१ वटा वयस्क भाले, १ सय ६२ वटा वयस्क पोथी, ४८ वटा अर्ध वयस्क, दुई वर्षका पाडापाडी ३५ र एक वर्षका ३२ वटा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख अशोक रामले बताए ।

गणनामा अर्नाको लिंग र उमेर समूह पहिचान गरी विवरण संकलन गर्नुका साथै बासस्थानको अवस्था, आरक्षमा छाडिएका घरपालुवा पशुरचौपायाको संख्या, अर्ध जंगली चौपाया, मिचाहा वनस्तपि प्रजातिको तथ्यांकसमेत संकलन गरिएको उनले बताए ।, यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्