Logo
Logo

गुडविल सहकारीमा निक्षेपकर्ताको एक अर्ब संकटमा


दृष्टि संवाददाता


काठमाडौं । धीरेन शाक्य, नेपाली सिनेमा जगत्का स्थापित कलाकार । साथीको आग्रहमा ललितपुरको कुमारीपाटीस्थित गुडविल सहकारीको सदस्य बने । र, कमाइको थोरैथोरै रकम जम्मा गर्दै गए । जम्मा भएको रकम ‘केही काम’मा लगाउने सोच थियो । तर, भयो उल्टो, सहकारीले सबै रकम डुबाइदियो ।

डुबेको रकम उठाउन कानुनी उपचारका लागि जाहेरी दिन महानगरीय प्रहरी परिसर लतिलपुर पुगेका कलाकार शाक्यले भने, ‘सहकारीमा रकम थियो । रामै्रै गर्ला भन्ने आस थियो । तर, सबै रकम डुबाइदियो ।’

कलाकार शाक्यका अनुसार सहकारीले उनको मात्रै रकम डुबाइदिएन, आफूजस्तै अन्य धेरैको रकम डुबाइदिएको छ । आफ्नो थोरै रकम भए पनि अरूको रकम डुबेको चिन्ताले पिरोलेको शाक्यले सुनाए । ‘मेरो त लाख डुब्यो, अरूको त करोडमाथि छ । सहकारी बोर्ड र प्रहरीमा जाहेरी दिएका छौँ । उठाइदिने त भनेका छन्, हेरौँ के हुन्छ १’ उनले भने ।

सहकारीले ललितपुरकी संगिता श्रेष्ठको पनि १२ लाख रुपैयाँ डुबाइदियो । घरझगडा हुने पिरले रकम डुबेको खबर पनि परिवारका सदस्यलाई भन्न सकेकी छैनन् ।

‘बच्चाको खाजा खाने रकम कटौती गरेर सहकारीमा रकम जम्मा गरेँ । परिवारको सदस्यलाई पनि भनिनँ । तर, सहकारीले डुबाइदियो,’ श्रेष्ठले जाहेरीपछि आशा व्यक्त गर्दै भनिन्, ‘जाहेरी दिएकी छु, उद्धार होला कि १’

सोही सहकारीमा ललितपुरकै देवीप्रसाद श्रेष्ठले पनि ३४ लाख रुपैयाँ डुबाए । परिवारमा समेत उनले आफ्नो पीडा खोल्न सकेका छैनन् । यस्तै अवस्था छ, ललितपुरकै लल्ली राणा श्रेष्ठको । उनले पनि सहकारीमा कमाइ भएको रकम जम्मा गर्दै गइन् । ‘भविष्यमा नयाँ केही गरौँला भन्ने सपना थियो । तर, सहकारीले डुबाइदियो,’ उनले भनिन् ।

कलाकार धीरेन शाक्यदेखि लल्ली राणासम्म सहकारीमा राखेको पैसा डुबेकोमा चिन्तित छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले पाँच सयभन्दा धेरैको रकम डुबेको र सबै रकम जोड्दा अर्ब नाघ्ने बताए ।, यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्