Logo
Logo

देउवा र प्रचण्डले गराए ध्यानाकर्षणः ‘कोरोना रोकथाम र उपचारमा गम्भीर बन’


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवं तीव्र संक्रामकका रूपमा देखिन थालेपछि कांग्रेस र माओवादी केन्द्रले रोकथाम, नियन्त्रण र उपचारमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

शेरबहादुर देउवा, सभापति, कांग्रेस
परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड– १९ को संक्रमणलाई रोक्ने हरसम्भव उपायहरू गर्न सरकारसँग माग गर्दछु ।

साथै संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन माग गर्दछु ।

प्रचण्ड, अध्यक्ष, माओवादी केन्द्र
स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने आशंका बढाएको छ ।

जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गर्दछु ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्