Logo
Logo

मौसम पुर्वानुमानः आज हावाहुरीसहित वर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । हाल देशको पूर्वी भू-भागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ ।जल तथा मौसम पुर्वानुमान महाशाखाले जारी गरेको विवरण अनुसार प्रदेश नं १ तथा प्रदेश नं २ का केही भु-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको रहेको छ ।

यस्तै मंगलबार प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार बुधबार प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जनरचट्याङ/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशका तराईका भु-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक(दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्