Logo
Logo

विदा बसेका स्वास्थ्यकर्मीलाई तुरून्त बोलाउन स्वास्थ्य मन्त्रालयको पत्राचार


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो विदा नदिन र विदा बसेकालाई तुरून्त बोलाउन पत्राचार गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई लामो विदामा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तुरून्त कार्यालयमा बोलाउन भन्दै पत्र पठाएको हो । त्यस्तै, कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन पनि भनिएको छ।

कोरोनाभाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालमा सेवा लिन आउने संक्रमितहरूको व्यवस्थापनका लागि सो निर्णय गरिएको केन्द्रका प्रमुख डा। समिरकुमार अधिकारीले जानकारी दिए ।

केन्द्रले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशतको पालो निर्धारण गरेर सेवा दिनसमेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्