Logo
Logo

कोरोना संक्रमित पूर्वराजा दम्पतीको अक्सिजन ‘सपोर्ट’ मा उपचार


दृष्टि संवाददाता


काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ । नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार एक विज्ञप्ती जारी गर्दै सोबारे जानकारी गराएको हो ।

कोरोना भाइरसबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको सो विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँको अवस्था सामान्य छ । कोभिडको विरामी र उमेरका कारण पनि राज दम्पत्तीलाई अक्सिजन सपोर्ट दिएर उपचार थालिएको छ’, नर्भिक अस्पतालका कम्युनिकेसन डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने, ‘हिजो (शनिबार) केही लक्षण देखिए पनि आज लक्षण हराएका छन् ।’

उनीहरुसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ। उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरु तीनै जना वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्