Logo
Logo

सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गर्न निर्देशन


दृष्टि संवाददाता



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सञ्चालन गर्न निर्देशन दिएका छन् । यस्तै, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको छ ।

मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्