Logo
Logo

तोकिएभन्दा बढी पीसीआर शुल्क लिए कारवाही


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । निजी प्रयोगशालाहरुले तोकिएभन्दा बढी पीसीआर परीक्षणको शुल्क उठाउने गरेको गुनासो सेवाग्रमहीबाट आएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकेको बताएको छ।

तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत् त्यस्ता प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्